आज ५ अर्ब ७३ करोडको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २.६६ अङ्कले वृद्धि भई २७८०.२५ विन्दुमा पुगेर बन्द भएको छ।

आज बजारमा कारोबार सामान्य बढेको छ। दिनभरमा आज ३४७ वटा कम्पनीका १३ करोड ५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कुल कम्पनीमध्ये १४९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ वटा कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

  • २० जेष्ठ २०८३, बुधबार १५:४२ प्रकाशित