मुस्ताङ ।
मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले भ्रमण गरेका हुन् ।
मे महिनामा मात्रै ६५ हजार ९९४ जना विदेशी पर्यटक यहाँ आउँदा तीमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ र अन्य राष्ट्रका चार हजार १९६ रहेका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
अघिल्लो वर्षको जनवरीदेखि मेसम्म ५५ हजार ७५३ जना विदेशी पर्यटक यहाँ भित्रिएकामा सन् २०२६ को सोही अवधिमा ८६ हजार ९८६ जना विदेशी पर्यटक भ्रमणमा आएको एक्यापले जनाएको छ ।रासस










