अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा छ । हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा थियो ।

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ५४ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६१ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ९८ पैसा छ । हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार ०६:५२ प्रकाशित