प्रचण्डको स्वास्थ्यमा सुधार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा सुधार देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई हिजो (शनिबार) बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए ।

आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म उनी डिस्चार्ज हुने दीपशिखाले बताए ।

  • १७ जेष्ठ २०८३, आईतवार ११:४० प्रकाशित