पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो यी सबै मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा छ । त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा छ ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३९ पैसा छ । त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा छ ।
आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६१ पैसा छ । आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ९८ पैसा छ ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












