अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रबार) अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५४ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा थियो ।

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ १९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २४ पैसा र बिक्रीदर ५०० रुपैयाँ २० पैसा छ । हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • १५ जेष्ठ २०८३, शुक्रबार ०९:३३ प्रकाशित