आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि घट्दै आएको अमेरिकी डलरको भाउ आज फेरि बढेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुासार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ५० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५६ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४४ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ५०० रुपैयाँ १६ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ९९ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १३ जेष्ठ २०८३, बुधबार ०७:०४ प्रकाशित