आज ३ अर्बको मात्रै सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सीमान्त सुधार देखिएको छ । शुक्रबार बजार परिसूचक १.७७ अंक अर्थात् ०.०६ प्रतिशतले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो ।

शुक्रबार नेप्सेका १३ उपसूचकमध्ये सात उपसूचक सामान्य रूपमा बढे भने ६ उपसूचकमा गिरावट आएको देखिएको छ । तर, घटबढ भएका उपसूचकमध्ये कुनैको पनि एक प्रतिशतभन्दा बढी घटबढ भएन ।

बजारमा आज कुल ३ सय ३८ कम्पनीका ७९ लाख ३४ हजार ४ यस ४४ कित्ता सेयर खरिद–बिक्री भयो । शुक्रबार दिनभरिमा ४३ हजार ६ सय ७४ कारोबार भए जसबाट कुल ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ बराबर किनबेच भयो ।

  • १ जेष्ठ २०८३, शुक्रबार १६:५७ प्रकाशित