अर्घाखाँची ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएकाहरूको अहिले उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले उद्धार गरिरहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।
अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीका अनुसार प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेका छन् ।घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको उनले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।












