यी चार प्रदेशमा आजपनि चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन रचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

 

  • २९ बैशाख २०८३, मंगलवार ०७:०६ प्रकाशित