भक्तपुर ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
परीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्:
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू:
इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ । प्रमुख वेबसाइटहरू यस प्रकार छन्:
आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि यी आधिकारिक माध्यमहरूबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकहरूलाई अनुरोध गरेको छ ।













