सृजना सेकेन्डरी स्कुलमा सदन विभाजन तथा क्याप्टेन चयन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा सृजना सेकेन्डरी स्कुलमा सदन विभाजन तथा क्याप्टेन चयन कार्यक्रम सम्पन्न भएको छ । शुक्रवारीय कार्यक्रम अन्तर्गत यही २५ वैशाखको शुक्रवार नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना माविको व्यवस्थपनमा सदन विभाजन कार्यक्रम सम्पन्न भएको हो ।

शैक्षिक सत्र २०८३ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूबिच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ कक्षा १ देखि १० सम्मका विद्याथीहरूलाई क्रमशः हरियो, पहेंलो, रातो र निलो गरी चार सदनमा विभाजन गरिएको थियो ।

हरियो सदनको क्याप्टेनमा कक्षा १० न्युटनकी राजश्री अधिकारी र नौ आइन्स्टाइनकी सदीक्षा आचार्य भाइस क्याप्टेनमा चयन भए त्यसैगरी पहेंलो सदनबाट सदन क्याप्टेनमा कक्षा १० न्यूटनकी सुस्मिता शर्मा र भाइस क्याप्टेनमा कक्षा नौ न्यूटनका असल भण्डारी चयन भएका छन् । यसैगरी रातो सदनमा कक्षा १० न्यूटनकी निकिता अधिकारी क्याप्टेन र नौ डार्विनकी सलिना रेग्मी भाइस क्याप्टेनमा चयन भएका छन् । यसैगरी निलो सदनको क्यापटेनमा १० न्युटनकी विद्या खड्का र भाइस क्याप्टेनमा कक्षा ९ न्युटनका पल्लव तिवारी चयन भएका छन् ।

वर्षैभरी सञ्चालन गरिने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सहजीकरण गरी प्रतिष्पर्धाको भावना विकास गराउनका लागि शिक्षकहरूलाई समेत विभिन्न सदनमा विभाजन गरिएको थियो । जसअन्तर्गत पहेँलो सदनको सदन शिक्षक प्रमुखमा विष्णुप्रसाद सुवेदी, रातो सदनमा सन्तोष पौडेल, हरियो सदनमा आलम गिर खान र निलो, सदनमा विश्व बन्धु काफ्लेलाई चयन गरिएको थियो । विद्यार्थीहरूलाई जिम्मेवार कर्तव्यनिष्ठ, लगनशील एवम् प्रतिष्पर्धी बन्दै आआफ्नो सदनलाई अगाडि बढाउन हौसला मिलोस् भन्ने उद्देश्यले सम्पूर्ण सदन प्रमुख तथा सहप्रमुख विद्यार्थीहरूलाई विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले टीका लगाई सपथ समेत गराएका थिए ।

यस कार्यक्रमको सञ्चालन विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख गौतम तामाङले गरेका थिए । त्यसैगरी शैक्षिक सत्र २०८३ का लागि स्कुल क्याप्टेनमा कक्षा १० न्यूटनका आशिष पौडेल र स्कुल भाइस क्याप्टेनमा कक्षा ९ आइन्स्टाइनकी सुभेक्षा थापा चयन भएका विद्यालयका शिक्षक सुरेन्द्र काफ्लेले जानकारी दिए ।

  • २६ बैशाख २०८३, शनिबार १२:११ प्रकाशित