गण्डकीमा कांग्रेस प्रमुख सचेतकको जिम्मेवारी प्रकाश बरालले पाए

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रमुख सचेतक प्रकाश बरालले पाएका छन् । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो ।

गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सचेतक बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । नेता पाण्डेले मंगलबार प्रमुख सचेतकको जिम्मेबारी बराललाई दिएसँगै सचेतक पद रिक्त छ । २ वैशाखमा मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

पाण्डेले एमालेसहितको सरकारका मन्त्री हेरफेर गर्दा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद ऊर्जा र एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रमुख सचेतकको सिफारिसमा दलका नेताले सचेतक नियुक्त गर्ने प्रावधान छ । केही दिनभित्रै सचेतकको पनि टुंगो लाग्ने नवनियुक्त प्रमुख सचेतक बरालले जानकारी दिए ।

  • २२ बैशाख २०८३, मंगलवार १५:२७ प्रकाशित