संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिन्छ : सभामुख

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा सभामुख अर्यालले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान हुने जानकारी दिएका हुन् ।

बैठकमा सहभागी एमाले सचेतक निता घतानीले बैठकमा सभामुख अर्यालले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वानको मिति टुंग्याउने जानकारी गराएको बताइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यसको अर्को दिन सरकारले पत्र पठाएपछि राष्ट्रपति पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अधिवेशन स्थगित गरेका थिए ।

  • २१ बैशाख २०८३, सोमबार १५:२३ प्रकाशित