फेवातालबाट उद्धार भएका बालकको उपचारको क्रममा ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर उद्धार गरिएका एक बालकको उपचारको क्रममा ज्यान गुमेको छ । विहान ११ः१५ बजे सशस्त्र प्रहरीले उद्धार गरिएका बालक आरेस लामाको पोखरा स्वास्थ्य प्रतिस्ठानमा उपचारको क्रममा दिउँसो १२ः१५ बजे ज्यान गुमेको हो ।

पोखरा –१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा खपौदीमा डुबेका १० वर्षीय लामालाई सशस्त्रको टोलीले उद्धार गरेको थियोे । बालक तालमा डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीको उद्धार टोली खटिएर बालकको उद्धार उद्धार गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा ७ जनाको गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजीको क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।

उद्धारपछि बालकलाई तत्काल उपचारका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

 

  • १८ बैशाख २०८३, शुक्रबार १३:५३ प्रकाशित