नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिन्न : शेखर समूह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको डा‍. शेखर कोइराला समूहले १५ औँ महाधिवेशनका लागी नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकिने बताएको छ ।डा.कोइरालाले बिहीबार काठमाडौँको बालुवाटारस्थित ओपेरा होटलमा गरेको भेलामा बोल्ने नेताहरूले त्यस्तो बताएका हुन् ।

‘छलफलमा सहभागीहरूले १५ औँ महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका छन् । अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क थियो,’ डा। कोइरालाको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ।

कोइरालाको सचिवालयका अनुसार नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको र पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिकै रहेको बताएका छन् ।

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्व केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्व सभापति, सांसद र पूर्वसांसद, वाग्मती प्रदेश सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो।

  • १७ बैशाख २०८३, बिहीबार १५:२३ प्रकाशित