त्रिविका पदाधिकारीले प्रधानमन्त्री कार्यालय पठाए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ ।

राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएको शिक्षाध्यक्ष प्राडा खड्ग केसीले जानकारी दिएका छन् ।त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।

नयाँ सरकारलाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् ।उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।

  • १७ बैशाख २०८३, बिहीबार १४:३५ प्रकाशित