शेखर समूहको भेला सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको डा शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ । बालुवाटारको ओपेरा होटलमा भेला सुरु भएको हो ।

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित छन् ।

यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् ।

  • १७ बैशाख २०८३, बिहीबार १२:०१ प्रकाशित