काठमाडौं ।
नेपाली कांग्रेसको अधकिकारिकता सम्बन्धि विवाद सर्वोच्च अदालतले टुंग्याएपनि नेताहरु बीच आन्तरिक रुपमा अझै विवाद कायम छ । पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यबहाक सभापति पूर्णबहादुर खड्का समूहले आफ्नो तर्फबाट अझैपनि फरक गतिविधि गर्ने क्रम जारी छ । यसैक्रममा आज निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक बस्दै छ ।
काठमाडौको महाराजगन्ज स्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो । बैठकमा समूहको अबको रणनीतिबारे छलफल बताइएको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि समूहको धारणा बनाउन खड्काले बैठक बोलाएका हुन् । बैठकमा डा. शेखर कोइराला समूह भने नजाने भएको छ ।













