सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको हो ।

आजको बैठकले संवैधानिक परिषद् लगायतका केही अध्यादेश ल्याउने तयारी गरेको छ ।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।

तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

  • १४ बैशाख २०८३, सोमबार १४:४५ प्रकाशित