आज सेयर बजार घट्ने क्रम थामियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ ।

यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो ।

आज कारोबार रकम सामान्य बढेको छ । हिजो ५ अर्ब ९ करोडको कारोबार भएकोमा आज ५ अर्ब २७ करोडको भयो ।८७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो ।

  • ११ बैशाख २०८३, शुक्रबार १६:२१ प्रकाशित