यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ ।

आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

  • ५ बैशाख २०८३, शनिबार ०७:०२ प्रकाशित