पोखरा ।
नेपाली नयाँ वर्षमा पोखराका होटलहरु पर्यटकले भरिएका छन् । नयाँ वर्ष पोखरामा मनाउनका लागि आन्तरिक तथा बाहृय पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका हुन् ।
नेपाली नयाँ वर्षको स्वागतार्थ होटल संघ पोखरा नेपालले आयोजना गरेको फेवा नववर्ष महोत्सवको २१ औं संस्करणमा सहभागि हुन आउने पर्यटकको संख्या बढ्दा पोखराका अधिकांश होटलहरुको अकुपेन्सी हृवात्तैै बढेको हो ।
फेवा नववर्ष महोत्सवको आयोजक संस्था होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव मुल समितिका संयोजक लक्ष्मण सुवेदीले पोखराको होटलहरुमा नयाँ वर्षमा ९० प्रतिशत अकुपेन्सी रहेको जानकारी दिए । महोत्सव अबधिभरमा (मंगलबार रातिसम्म) करिव ३ लाख दर्शकले अबलोकन गरिसक्ने उनले बताए ।
उनका अनुसार नववर्ष महोत्सवमा आएका मध्ये ५० प्रतिशत आन्तरिक पर्यटक छन् भने ३० प्रतिशत भारतीय र अन्य देशका २० प्रतिशत पर्यटक छन् । यसपटकको फेवा नववर्ष महोत्सवलाई मौसमले साथ दिएको र दर्शकको पनि त्यही अनुरुप साथ पाएको अध्यक्ष सुवेदीले बताए ।
महोत्सवमा उत्साहजनक सहभीताले आफूहरुलाई थप हौसला दिएको उल्लेख गरेका उनले अब ‘उदाहरण दिनुपर्दा फेवा नववर्ष महोत्सवमा जस्तो’ भनेर उदाहरण दिने बनेको अथ्र्याए । ‘महोत्सवमा पर्यटकको उपस्थितिले हामी निकै उत्साहित भएका छौं । महोत्सवमा दर्शकको सभागीता फेवा नववर्ष महोत्सवमा जस्तो भनेर अरु महोत्सवले उदाहरण दिनुपर्छ’ उनले भने, ‘यसपटक मौसमले पनि साथ दियो, दर्शकको पनि उत्साहजनक साथ पायौं ।’
पोखरामा १२ सयभन्दा धेरै होटल छन् । पाँच तारेदेखि पर्यटकीयस्तरका यी होटलमा २५ हजार कोठा रहेका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार ति कोठामा ४० हजार जना पाहुना एक साथ राख्न सकिन्छ ।













