काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ ।
डा। पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो ।शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सकिएसँगै ओलीलाई आईसीयूमा सारिएको छ ।
पित्तथैलीमा रहेको ढुंगा २२ एमएमको रहेको चिकित्सकहरूले बताएका छन् ।नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
उनको निवेदनमा सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।













