पोखरा महानगरलाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले म्युनिसिपल एक्सिलेन्स अवार्ड’ अवार्ड प्राप्त गरेको छ ।

देशभरका नगरपालिकाहरुमध्ये पोखरा महानगरपालिका सर्वोत्कृष्ट घोषित हुँदै  ‘ म्युनिसिपल एक्सिलेन्स अवार्ड’ प्राप्त गरेको हो ।

सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै पोखराले ९५ प्रतिशत अंक प्राप्त गर्दै सर्वोत्कृष्ट महानगर अवार्ड प्राप्त गरेको हो ।

नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले महानगर प्रमुख धनराज आचार्यलाई सो अवार्ड पोखरा महानगरका मेयर धनराज आचार्यलाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ हस्तान्तरण गरे ।

पोखराले देशभरका अन्य नगरपालिकाहरुलाई पछि पार्दै यो सफलता हात पारेको हो । पुरस्कार ग्रहण गरेपछि नगर प्रमुख आचार्यले यो अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीका लागि निकै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीहरुका लागि निकै महत्वपूर्ण छ ।’

आचार्यले यो सफलता नगरवासीहरुको निरन्तर साथ र विकास प्रतिको प्रतिबद्धताका कारण सम्भव भएको उल्लेख गरे ।

उनले खुसी व्यक्त गर्दै सम्पूर्ण महानगरवासी र महानगरपालिका परिवारलाई बधाई तथा शुभकामना दिएका छन् । पोखराले विशेषगरी पूर्वाधार र विपद् व्यवस्थापनमा गरेको कामलाई मूल्यांकनको मुख्य आधार बनाइएको थियो ।

 

  • २६ चैत्र २०८२, बिहीबार २१:२७ प्रकाशित