कांग्रेसको आधिकारिकता विवादबारे आज सर्वोच्चमा पेसी

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औं नम्बरमा छ।
यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए ।

आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् । उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विपक्षमा रहेका खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

  • २२ चैत्र २०८२, आईतवार १०:५२ प्रकाशित