काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज (आइतबार) सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेकाले आज सुनुवाई हुने भएको हो ।
स्रोतका अनुसार अब मुद्दाका सबै पक्ष मिलिसकेकाले आज दुवै जनाका रिट पेसीमा चढ्ने छ । जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले १४चैतमा दुवै जनालाई पक्राउ गरेको थियो ।
उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले १५ चैतमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । १६ चैतमा दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।













