महाधिवेशन भएको चार महिना नपुग्दै एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भएको चार महिना पुग्न नपाउँदै विशेष महाधिवेशन बोलनउन हस्ताक्षर अभियान सुरु भएको छ । नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरू गरिएको हो ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको अविश्वासलाई मुख्य कारण देखाउँदै हस्ताक्षर अभियान थालेका हुन् ।

केन्द्रीय कमिटी सदस्य, जनवर्गीय संगठनका पदाधिकारीसमेतको सहभागितामा थालिएको यो अभियानमा अहिलेसम्म ४४० जनाले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ । अभियानमा सहभागी नेताले पदाधिकारीहरूको पनि साथ रहेको दाबी गरेका छन् ।

  • २१ चैत्र २०८२, शनिबार २०:४५ प्रकाशित