व्यवसायी दीपक भट्ट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

सम्बद्ध स्रोतका अनुसार प्रहरीले बोलाएपछि व्यवसायी भट्ट आज अपराह्न आफैं सीआईबी गएका थिए । सीआईबी पुगेपछि उनलाई पक्राउ पुर्जी दिइएको थियो ।

  • १९ चैत्र २०८२, बिहीबार १७:१३ प्रकाशित