काठमाडौं ।
बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार ४ सय रुपैयाँ बढेको छ । गत बिहीबार २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।













