एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् ।

बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसंगै बादल दलको नेता चयन भएका बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए ।

दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गरेका थिए ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरेर जम्मा २५ सिट जितेको थियो ।

  • १८ चैत्र २०८२, बुधबार १७:४० प्रकाशित