दार्चुला ।
दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा परेर जिपमा सवार शैल्यशिखर नगरपालिका-१ बस्ने ४५ वर्षको भरत तितरा र मालिकार्जुन-७ बस्ने ३५ वर्षीया मनीषा पालको ज्यान गएको बताए ।गम्भीर अवस्थामा घटनास्थलबाट उद्धार गरिएका दुवै जनाको गोकुलेश्वर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहितका चार जना घाइते छन् ।
घाइते हुनेमा शैल्यशिखर नगरपालिका-४ को काँडापारी बस्ने जिप चालक २२ वर्षका प्रकाश ठगुन्ना, जिपमा सवार २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाडाकोट बस्ने ४५ वर्षीय मिनबहादुर पाल रहेका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा मंगलबार बिहान सुपप्र०१-००१ ज १६४१ नम्बरको जिप दुर्घटना दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनाको कारण भने खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













