काठमाडौं ।
सरकारले १९ चैतमा संघीय संसद्को अधिवशेन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नयाँ सांसद आएका छन् । नयाँ सरकारले नयाँ संसद्को पहिलो अधिवेशन बोलाउन लागिएको हो ।













