काठमाडौं ।
साताको दोस्रो कारोबारको दिन नेपाली सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा ओर्लिएको छ।
आज दिनभर कुल ३४१ वटा कम्पनीका ३ करोड १६ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भए हुँदा १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा कुल २३७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने जम्मा २६ कम्पनीको मूल्य मात्र बढेको छ। ५ वटा कम्पनीको मूल्य भने स्थिर छ ।














