काठमाडौं।
साताको कारोबार हुने पहिलो दिन नै नेपालको सेयर बजारमा उच्च गिरावट देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१.०५ अंक अर्थात् २.४० प्रतिशतले घटेर २८७९.११ विन्दुमा झरेको हो ।
बजारमा उच्च गिरावट आए पनि कारोबार रकम सामान्य बढेको छ । आज कुल ३ करोड ५२ लाख कित्ता सेयर १ कारोबारमार्फत १५ अर्ब ३ करोड रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।
आजको बजारमा गिरावटको प्रभाव निकै व्यापक देखिएको छ। कुल २६६ कम्पनीको कारोबार भएकोमा जम्मा १० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ। केवल १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ














