एमाले अध्यक्ष ओली अस्पताल भर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न लगिएका उनी त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका हुन् ।

उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

मुटु सम्बन्धी डाक्टरले पनि उनको जाँच गरेका थिए । ‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।

  • १४ चैत्र २०८२, शनिबार ११:०८ प्रकाशित