एमाले सचिवालय बैठक जारी, ओली पक्राउ विरुद्ध संघर्षका कार्यक्रम तय गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक रुपमा डाकिएको नेकपा एमाले सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । बैठकले संघर्षका कार्यक्रम तय गर्ने जनाइएको छ ।

‘अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेपछि पार्टीको धारणा स्पष्ट गर्न र आगामी संघर्षका कार्यक्रम तय गर्न नेकपा एमाले सचिवालय बैठक बसिरहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

गत २३ भदौको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानन्त्रीसमेत रहेका अध्यक्ष ओली शनिबार बिहान निवासबाट पक्राउ परेका थिए । पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएका उनलाई स्वास्थ्य परीक्षणका लागि अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनको स्वास्थ्य परीक्षण भइरहेको छ ।

  • १४ चैत्र २०८२, शनिबार ११:०३ प्रकाशित