फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ ।

नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको हो ।

यो वृद्धिसँगै पोखरामा पेट्रोलको मूल्य १८७ रुपैयाँ पुगेको छ ।

पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको हो ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ ।

  • ११ चैत्र २०८२, बुधबार २२:३३ प्रकाशित