काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ परेका छन् ।

काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गर्ने गरेको उनीहरुमाथि आरोप छ ।

उनीहरुले बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुस्ख हैरानी दिने गरेको आरोप छ । उनीहरुलाई काठमाडौं महानगरपालिका २६ ठमेल फायरचोक स्थित सार्वजनिक सडकबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुस्ख हैरानी दिई रहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बाह्र दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ । पक्राउ परेका महिलाहरु युगान्डा देशको पासपोर्ट होल्डर रहेका छन् ।

  • ११ चैत्र २०८२, बुधबार १५:०८ प्रकाशित