पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरी आतंक सिर्जना गर्ने थप १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गर्ने र शान्ति सुव्यवस्थामा खलल पुर्याउने कार्य बढेको जनगुनासो आएपछि प्रहरीले कडाइ सुरु गरेको हो।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार नियन्त्रणमा लिइएका ती सवारी साधनमाथि अहिले कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ। यस अभियान अन्तर्गत हालसम्म जम्मा ४१४ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गरिसकिएको छ।














