काठमाडौं ।
नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ कायम गरिएको छ ।सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ ।
सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ३ हजार ८ सय ६३ रुपैयाँ रहेको छ ।













