काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार १ लाख रुपैयाँ जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले उक्त रकम कोषमा जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग घोषणा गर्दै आएका छन् ।












