अमेरिकी डलरको भाउमा आजपनि रेकर्डब्रेक

केन्द्रभाग मिडिया

पोखरा ।

आज (मंगलबार) पनि अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ । आज अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

यसअघि गएको शुक्रबार अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा पुगेको थियो । त्यसयता स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज फेरि बढेर अहिलेसम्मकै महँगो बनेको हो ।

त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा छ । हिजो युरो १ को खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ४२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १० चैत्र २०८२, मंगलवार ०८:४५ प्रकाशित