न्यूयोर्क ।
इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै अमेरिकाको न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा नेपालीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
साथै विकको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन समेत गरिएको थियो । सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपाली अधिकारकर्मी, पत्रकार, कलाकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
सुर्खेतस्थित वीरेन्द्रनगर सामुदायिक वनमा किशोरी ईनिसा विकको बलात्कार पछि हत्या गरिएको थियो














