भारत–चीनले ६ वर्षपछि पुनःलिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन :  सुरु गर्ने भएका छन् । भारत र चीनले ६ वर्षपछि नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै सीमा व्यापार पुन सुचारु गर्ने भएको हो ।

भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुनस् सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् ।

पीटीआईले उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको दाबी गरेको छ ।

स्थानीयले पुलाङ–गुन्जी भन्ने लिपुलेक भञ्ज्याङ, कालापानी क्षेत्रमा अवस्थित तीनवटा गाउँहरूमध्ये एक हो । अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।

भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)जारी गरेपछि यो व्यापार पुनस् सुरु हुन लागेको हो ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुनस् सुरु गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिएका छन् ।

  • ८ चैत्र २०८२, आईतवार १०:५६ प्रकाशित