काठमाडौं ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा हावाहुरीसँगै वर्ष भएको छ । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ। शुक्रबार दिउँसो केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ।
बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो । दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको थियो।
जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पुर्याएरनपुर्याएको विवरण आउन बाँकी रहेको जनाएको छ। यता पोखरामा दिउँसै अध्यारो छाएको छ ।














