अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो हुँदा अन्य धेरैजसो मुद्राको पनि भाउ बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ पनि आज बढेको  छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा थियो । गएको चैत २९ गते अमरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा पुगेको थियो। त्यसयता केही दिन थोरै घटबढ् भएको अमेरिकी डलरको विनिमयदर आज फेरि उच्च भएको हो ।

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ५९पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा छ । हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ४१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ७२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २७ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • ५ चैत्र २०८२, बिहीबार ०९:०४ प्रकाशित