कांग्रेस सभापति थापाले दिए पदबाट राजिनामा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् । उनले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका स्रोतले जनाएको छ । तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक भएको छैन ।

कांग्रेसले यही ६ चैतमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठकअघि थापाले राजीनामा दिएका हुन् । उनले राजिनामा दिएका कांग्रेसका एक नेताले पुष्टि गरेका छन् ।

ति नेताका अनुसार सभापतिले राजिनामा दिएपनि उनको राजिनामा स्विकृत गर्ने नगर्ने अधिकार केन्द्रीय समितिलाई छ । ‘सभापति ज्यूले राजिनामा दिनुभएको छ । त्यो उहाँको कूरा भयो । तर, राजिनामा स्विकृत गर्ने नगर्ने भन्ने केन्द्रिीय समितिको कूरा हो । यस विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ’ उनले भने ।

  • ५ चैत्र २०८२, बिहीबार ०६:४८ प्रकाशित