काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको बताएका छन्।
बुधबार पार्टीका सांसदहरूको अभिमुखिकरण कार्यक्रमको समापन गर्दै सभापतिले शासकीय स्वरुपमा सुधार आवश्यक भए पनि वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति पार्टीको प्रतिवद्धता डगमगाएको छैन भन्ने स्पष्ट पारे। उनले पार्टीका सांसदहरूले पनि यसलाई डगमगाउन नदिनुपर्ने विश्वास व्यक्त गरे।
सभापतिले पुराना राजनीतिक दलका नेताहरूले गरेको योगदानलाई नजरअन्दाज गर्न नहुने र त्यसलाई अपमानित गर्ने हक कसैलाई नभएको उल्लेख गरे। “इतिहास रच्नमा एउटै नेता वा पार्टीको मात्रै हात हुँदैन,” उनले भने।













