पोखरा ।
आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका केही मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा थियो ।
आज युरो १ को खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा छ । हिजो युरो १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा छ । हिजो पनि कुबेती दिनारको विनिमयदर यही थियो ।
आज बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।













